जेटीकप क्रीकेटको उपाधी आरएमई स्कुल टीकापुरलाई ।

पवन मुडभरी बौनिया, २ मंसिर ।
कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रीकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ ।स्थानीय जगततारा ईङिलस बोर्डिङ स्कुलको आयोजनामा आयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ । फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्दश नमुनाले ११.४ ओभर खेल्दै सवै विकेट गुमाउदै ५८ रनमा सिमित बन्यो ।

आर्दश नमुनालाई ५८ रनमा समेटने क्रममा आरएमई टीकापुरका विवेक न्यौपानेले ३ विेकट तथा राजन राज रग्मी र भविष्य धामप्ले समान २÷२ विेकेट लिए । ५९ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको आरएमई टीकापुरले ७ ओभर खेल्दै १ विकेट गुमाउदै उपाधी चुम्न सफल भएको हो । आर्दश नमुनालाई जित दिलाउने क्रममा संजय बोहराले २१ बलमा ३१ रनको नटआउट पारी खेलेका थिए । साथै उनि म्यान अफ द म्याच भए ।

प्रतियोगितामा प्रथम हुदै आरएमई टीकापुरले नगद ४१ ह्जार १ सय ११ मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ भने आर्दश नमुनाले नगद १७ हजार १ सय ११ रुपया ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी म्यान अफ द सीरीज संत निरकारीका कुशल कठायतले नगद ३ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन । उत्कृष्ट ब्याटसम्यान बसन्त मुरारी बौनियाका विवेक विकले नगद २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन ।

यस्तै प्रतियोगिता भरीनै उत्कृष्ट बलिङ गरेर उत्कृष्ट बलर बन्दै लिटील फलावर धनगढीका प्रेम बमले २ हजार १ सय ११, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिता भरीनै उदयीमान खेलाडीका रुपमा सर्वोदय माविका मगंल भुलले नगद नगद २ हजार १ सय ११ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । कार्तिक १५ गते देखि सञ्चालन भएको प्रतियोगिता आज एक भव्य समारोहका विच समापन गरिएको छ ।

 

प्रतिक्रया दिनुहोस्