मध्यरातमा पत्रकार जैशीमाथी अज्ञात समुहद्वारा खुकुरी प्रहार ।

कैलाली, ३ मंसिर ।
प्रेस चौतारी नेपाल कैलाली शाखा सदस्य तथा जनता टेलिभिजनका कैलाली संवाददाता प्रत्रकार लक्ष्मी प्रशाद जैशी घोडासैनी माथी गएराती आक्रमण भएको छ ।बर्दगोरिया गाउँपालिका २ घर भएका जैशीमाथि गएराती अज्ञात समुहले घरमै प्रवेश गरि खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट पत्रकार जैशी र उनकी आमा घाइते भएकी छ्न ।वघाइते दुवै जनालाई कैलालीस्थित बौनिया बर्दगोरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि पश्चिम क्षेत्रीय शिक्षणा अस्पताल कोहलपुर लगिएको छ ।

राति करिब १ बजेको समयमा घरमा तोडफोड हुन थालेपछि घरबाहिर निस्कन खोज्दा लुटेराहरुले जैशीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ । पत्रकार जैशीमाथी भएको आक्रमणको जिल्लास्थित विभिन्न पत्रकार सङ्गठने निन्दा गरेका छ्न । उनिहरुले दोषिलाई कडा कारबाहीको माग समेत गरेका छ्न ।

 

 

प्रतिक्रया दिनुहोस्