प्रचण्डपुत्र प्रकाश दाहाल सिकिस्त बिरामी, प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै ।

काठमाडौं, ३ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहाल सिकिस्त बिरामी परेका छ्न । उनलाई उपाचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।पारिवारिक स्रोतका अनुसार आज बिहानै अचेत भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । यद्यपी अस्पतालले केही आधिकारिक जानकारी दिएको छैन ।

छोरा बिरामी परेपछि झापाको विर्तामोडमा रहेका पुष्पकमल दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् । यस्तै चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिलेनै काठमाडौं आउँदैछन् । प्रकाशलाई हृदयघात भएको जनाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्