निर्वाचन बिरोधिहरुलाई कुनैपनी हालतमा छोडिन्न: प्रधानमन्त्री देउवा ।

डडेल्धुरा,३ मंसिर ।
प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन बिरोधिहरु सक्रिय भएको भन्दै त्यस्ता ब्यक्ती र समूह जो कोहि भएपनी कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले आज गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । देउवाले निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारमाथि गरिएका शृङ्खलाबद्ध आक्रमणका घटनाले आफू दुखी भएको बताउदै जनतालाई मताधिकारबाट बञ्चित गराउन खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

उनले हालसम्म उम्मेदवारहरुमाथि भएका बम आक्रमणमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको दाबी गरे । प्रधानमन्त्री दाहालले देशैभर सबै सुरक्षा संयन्त्र परिचालन गरिएको भन्दै निर्धक्क भएर निर्वाचनमा जुट्न अपील गरे ।

प्रतिक्रया दिनुहोस्