नेपालगगञ्ज म्याराथन तेस्रो संस्करण (२०१७) को तयारी पूरा ।

नेपालगञ्ज, ३ मंसिर ।
बाकेको नेपालगन्जमा मंसिर ५ गतेदेखी हुन गइरहेको  नेपालगगञ्ज म्याराथन तेस्रो संस्करण (२०१७) को तयारी पूरा भएको  छ । शान्ति सदभाव र एकता,राष्ट्र निमार्णमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवको  क्रियटिभ ह्याण्ड्स नेपालगञ्जले   आयोजना गरेको हो । एक दशक लामो सशस्त्र द्धन्द्धको बिधिवत अन्त्य भएको २०६३ मंसिर ५ गतेको बिस्तृत शान्ति सम्झौताको स्मरणमा क्रियटिभ ह्याण्ड्स नेपालगञ्जले हरेक बर्ष मंसिर ५ गते म्याराथन दौड गर्दै आएको छ ।

प्रतियोगिताका बारेमा आयोजकले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।  पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्स नेपालगञ्जका अध्यक्ष टीएस ठकुरीले मंसिर ५ गतेदेखि सुरु हुने नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवको तयारी लगभग पूरा भएको बताए ।

उनले जस अन्तरगत नेपालगन्ज म्याराथन पुरुषततर्फ  ४२.१९५ किलोमिटर, नेपालगञ्ज हाफ म्याराथन २१ किलोमिटर, बिद्यालय स्तरिय ५ किलोमिटर छात्र सडक दौड, बिद्यालय स्तरिय ५ किलोमिटर छात्रा सडक दौड, व्हील चेयर (ट्रइसाईकल) दौड,बिद्यालय स्तरीय नृत्य प्रतियोगीता हुने जानकारी दिए ।

ठकुरीले  मंसिर ५ गते नेपालगञ्ज म्याराथन २०१७ तथा बहुभाषिक सांस्कृतिक उत्सवकको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गर्ने बताए । उनका अनुसार  शान्ति दीप प्रज्वलन भने  कोहलपुर चौराहमा गरिने छ ।  नेपालगञ्ज म्याराथनले पश्चिम समग्र बाके जिल्लाको स्वास्थ्य तथा खेलकुदप्रतीको आकर्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । नेपाललाई आर्थिक समृद्धि र बिकास तर्फको बाटोमा अघि बढाउन  म्याराथन दौडले महत्वपूर्ण भुमिका निर्बाह गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा आजै नेपालगञ्ज उत्सव नामक पुस्तक बिमोचन गरिएको छ । पुस्तक बिमोचन बरिष्ठ साहित्यकार सनत रेग्मी, मध्यपश्चिम खेलकुद बिकाश समितीका अध्यक्ष भिम ओली क्रियटिभ ह्याण्ड्स नेपालगञ्जका अध्यक्ष टीएस ठकुरी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिह थारुलगाएतले गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्