आसन्न निर्वाचनमा समानुपातिक तर्फ ५ हजार ८ सय ३८ उम्मेदवार चुनावी मैदानमा ।

काठमाडौं, ३ मंसिर ।
निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली घोषणा गरेको छ । 

निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम सूचीअनुसार  ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ । यस्तै छानबिनका क्रममा  २ सय ५६ जनाको उम्मेदवारहरु अयोग्य ठहरिएका छन् ।

आएको निर्वाचन आयोगका सचिव बेजेन्द्रराज शर्मापौडेलले ३ जना उम्मेदवारीले भने आफैले उम्मेदवारी फिर्ता लिएको बताए । गत कार्तिक १७ गते दलहरुले बुझाएको संशोधन सहितको बन्द सूचिमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो ।

 

प्रतिक्रया दिनुहोस्