आइसिसी महिला टि–ट्वान्टी क्रीकेट: नेपाल आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै ।

काठमाडौ, ४ मसिर ।
आइसिसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा आज  नेपालले आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैैछ ।खेल नेपाली समयअनुसार दिउसो पौने एक बजे थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा हुनेछ। विश्वकपमा छनोट हुने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा जित हात पार्दै सुखद नतिजा निकाल्ने दाउमा छ । नेपालले पहिलो खेल  आफुभन्दा बलियो  टिमसँग खेल्न भिड्दै छ । तर अघिल्लो वर्ष खराब प्रदर्शन गरेको नेपाली टिमका लागि थाइल्यान्ड विरुद्धको पहिलो खेल चुनौतीपूर्ण छ।

गत वर्ष नेपालले थाइल्यान्डसँग तीन खेल खेलेको थियो। नेपाल तीनै खेलमा पराजित भएको थियो। हङकङमा भएको महिला विश्वकप छनोटको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पनि थाइल्यान्डले नेपालमाथि १ विकेट झिनो अन्तरको जित निकालेको थियो। गत डिसेम्बरमा भएको महिला एसिया कप पनि पनि नेपाल कमजोर देखियो। खेलमा नेपाललाई थाइल्यान्डले ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। नेपाली टिमले विश्वकप छनोटको लागि लक्षित गर्दै बंगलादेश भ्रमण गरेको थियो । बंगलादेशबाट सिदै नेपाली टिम थाइल्याण्ड प्रस्थान गरेको हो ।

महिला टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसंगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले नोभेम्बर २१ तारिखमा दास्रो खेल हङकङ विरुद्ध खेल्नेछ । तेस्रो खेलमा २३ तारिखमा युएईसँग प्रतिस्पर्धा गर्ने नेपालले आफ्नो चाैथो खेलमा मलेसियासँग २४ नोभेम्बर र अन्तिम खेल चीनसँग नोभेम्बर २६ मा खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको पहिलो र दोस्रो हुने टिमले फाइनल खेल खेल्नेछ । उपाधि विजेता टोलीले आगामी बर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छ ।नेपाली खेलाडीहरुमा कप्तान रुविना क्षेत्रीसंगै सीता राना मगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुना भण्डारी र सोनु खड्का रहेका छन् ।

त्यस्तै, लक्ष्मी चौधरी, रितु कनोजिया, संगिता राई, काजोल श्रेष्ठ, र सव्नम राई रहेका छन् । त्यस्तै, बैकल्पिक खेलाडीमा कविता कुन्वार, रेखा रावल र नितु भण्डारी रहेका छन् ।

 

प्रतिक्रया दिनुहोस्