महिला टि–ट्वान्टी विश्वकप क्रिकेट: नेपाल र थाइल्यान्डले अंक बाडे ।

काठमाडौं, ४ मंसिर ।
आइसिसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोट खेलमा थाइल्यान्ड र नेपालले अंक बाँडेका छ्न । ९१ रनको चुनौती पछ्याउँदै गर्दा पानी परेपछि खेल रोकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् ।बेंककस्थित टेर्डथाई मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले ३.४ ओभरमा बिनाविकेट १० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । लगातार पानी परेपछि खेल नभएसँगै दुवै टिमले १–१ अंक बाँडेका हुन् । नेपालका लागि सीता मगरले ५ र ज्योति पाण्डेले ४ रनमा खेलिरहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनको योगफल तयार पारेको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिएका थिए । नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए ।

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । अब नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

 

प्रतिक्रया दिनुहोस्