कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ।

कोहलपुर, ४ मंसिर ।
पछिल्लो समय  विकसित नगरपालिकाका रुपमा परिचित बाकेको कोहलपुरमा चारतारे मापदण्डको होटल सञ्चालनमा आएको छ । करिब ५० करोड बराबरको  लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा आजदेखि सञ्चालनमा आएको  हो । होटल सेन्ट्रल प्लाजाका सञ्चालक तथा प्रबन्ध निर्देशक देवानन्न अर्यालले पर्यटकिय गन्तव्यका रुपमा रहेका पश्चिम् नेपालका मानसराेवर, रारा राष्ट्रिय निकुञ्ज , खपतड राष्ट्रिय निकुञ्ज , बर्दिया राष्ट्रिय निकुञ्ज  लगायतका  स्थलहरु अवलाेकन गनं अाउने पयंटकहरुकाे मागलाई  मधयनजर गदैं हाेटल संञ्चालनमा ल्याईएको बताए  ।

करिब आठ हजार ५ सय बर्गमिटर क्षेत्रफलमा निर्माण भएको उक्त होटल अपाङ्गमैत्री, बातबरण मैत्री, सेन्ट्रल एसी, ७ सय ५० जना क्षमताको बेनक्वीट हल, प्रेसेडेन्सीयल स्वीफ्ट, एक्जुकेटीभ स्वीफ्ट र जनरल स्वीफ्ट, १९ वटा सुपर डिलक्स, ५० वटा डिलक्स रुम, ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल रहेका छ्न ।

हाेटेल संञ्चालनपछि  करिव  १ सय १० जनाले राेजगारि पाउने छ्न । प्रबन्ध निर्देशक अर्यालले आजदेखी २६ वटा कोठा सहित सेवा सुरु गर्ने र केही दिन भित्रै ४९ कोठा सञ्चालनमा ल्याउने तयारी भएको बताए । उनले आउदो  नयाँ वर्षमा पुरै कोठा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको बताए ।

अर्यालका अनुसार  होटललाई चार तारेको लागि आवश्यक पर्ने सबै पूर्वाधारलाई पुरा गर्ने लक्ष अनुसार निर्माण गरिएको छ । अर्यालले होटेल निर्माण सुरु गरेको २६ महिनामा पुरा भएको छ । उनले सञ्चालनको केही समयपछि मात्र चार तारेको लागि बर्गिकरण हुने भएकोले अहिले चारतारे स्ट्याण्डर्डको मात्र भन्न मिल्ने बताए ।

होटेल संचालनमा आएसङ्गगै यसले समग्र आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रको बिकासलाई टेवा पुग्ने बिश्वास लगिएको छ । ब्यवसायिक हिसावले समेत तिव्र गतिमा फट्को मार्दै अधि बढेको कोहलपुरमा पछिल्लो समय होटेल ब्यबसाय एक फस्टाउदो ब्यबसायका रुपमा रहेको छ ।

 

 

प्रतिक्रया दिनुहोस्