कैलालीमा पत्रकार जैशीमाथी भएको आक्रमणको बिरोधमा बौनियामा बिरोध सभा ।

बौनिया ( कैलाली), ५ मंसिर ।
कैलालीको बर्दगोरिया गाउँपालिका २ घर भएका पत्रकार लक्ष्मी प्रशाद जैशीमाथी भएको आक्रमणको बिरोधमा आज बिहान बौनिया बजारमा बिरोध सभा गरिएको छ ।घटनाका दोषीलाई कारबाहीको लागि प्रशासनलाई दवाब दिन नेपाल प्रत्रकार महासघ कैलाली शाखा र बौनिया बजार ब्यबस्थापन समितिको सयुक्त  आयोजनामा  बिरोध सभा गरिएको हो । सभामा बोल्दै नेपाल पत्रकार महासघ ७ नम्बर प्रदेश सभासद लिलाजङ्ग शाहीले दोषीमाथी कडा कारबाहीको माग माग गरे ।

उनले घटना घटेको तीन दिन बितिसक्दा समेत प्रहरी प्रशासनले दोषीलाई पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्नु दुखद बिषय भएको भन्दै पत्रकार माथिको आक्रमण रोक्न र दोषीलाइ कानुनी दायरामा ल्याउन माग गरे । उनले घटना प्रती जिम्मेवार बनी आगामी दिनमा यस्ता कृयाकलाप हुन नदिन प्रहरी प्रशासन र सम्बन्धित निकाय सबैलाई आग्रह गरे ।

बिरोध सभामा सहभागी अन्य बक्ताले पत्रकार माथीको आक्रमणले आम नागरिकको सुरक्षामा समेत गम्भीर प्रश्न उब्जाएको भन्दै प्रशासन जिम्मेवार बन्न आबस्यक भएको बताए । उनीहरुले समेत दोषीलाई यथासक्य कारबाहीको दायरामा ल्याउन माग गरे । बिरोध सभामा एमाले स्थानीय नेता कर्ण जैशी, रबिन जैशी, नागरिक समाजका अगुवा, होटल ब्यबशायी, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।

बर्दगोरिया गाउँपालिका २ निवासी पत्रकार जैशी ,प्रेस चौतारी नेपाल शाखा कैलालीका साधारण  सदस्य जनता टेलिभिजनका  सम्बादाता हुन । पत्रकार जैशीमाथी  मंसिर २ गतेराती  अज्ञात समुहले घरमै प्रवेश गरि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । अज्ञात समुहको आक्रमण बाट  पत्रकार जैशी र उनकी आमा घाइते भएकी छ्न । घाइते दुवैको  क्षेत्रीय शिक्षणा अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्