नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जिते ।

नेपालगन्ज, ५ मंसिर ।
नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले  जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै उनले उपाधी कब्जा गरे ।आज नेपालगन्जमा भएको प्रतियोगितामा ४२ किलोमिटर दूरी (२ घन्टा २६ मिनेट ५८ सेकेन्डमा ) पूरा गर्दै बोहराले उपाधि जित्न सफल भए ।  उनले  नेपाली सेनाका खडकबहादुर खड्का र सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीलाई पछि पार्दै उपाधि जित्न सफल भए ।

सेनाका खड्काले (२ घन्टा २७ मिनेट २० ) सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा सशस्त्र प्रहरीका ठकुरीले (२ घन्टा २८ मिनेट ३५ ) सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए । प्रथम भएका बोहराले ५५ हजार, दोस्रो खड्काले २५ हजार र तेस्रो भएका ठुकरीले १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलाको हाफ म्याराथनतर्फ नेपाली सेनाकी रेशु बस्नेतले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम, सेनाकै चन्द्रा रावत १ घन्टा २८ मिनेट ०६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिन्तकला तेस्रो भए ।

५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए।ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भए।

शान्ति सदभाव र एकता,राष्ट्र निमार्णमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप- महानगरपालिकाका मेयर धवल शम्सेर राणाले पुरस्कार वितरण गरेका थिए।

 दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ ।

प्रतिक्रया दिनुहोस्