कोहलपुरमा आगामी माघ महिनामा हुने औधोगिक ब्यापार तथा पर्यटन महोत्सवका लागि जिम्मेवारी बाडफाट ।

दल बहादुर बिसि कोहलपुर,६ मंसिर ।
बाकेको कोहलपुरमा आगामी माघ महिनामा औधोगिक ब्यापार तथा पर्यटन महोत्सवको तयारी थालिएको छ ।कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा आउदो माघ २६ गतेदेखि सञ्चालनको तयारी तिब्र पारिएको छ । महोत्सवमा करिब तीन सय स्टल रहने महासचिव तेज प्रसाद अधिकारीले जानकारी दिए । महोत्सवमा ३ करोड बराबरको आर्थिक कारोबारको लक्ष्य लिइएको अधिकारीले बताए ।

संघका अनुसार औद्योगिक महोत्सवमा उद्योगी व्यवसायीले उत्पादन गरेका विभिन्न उत्पादनका सामाग्री, कृषि, पर्यटन, घरेलु, उद्योग, कला, सस्कृतिसग सम्बन्धित वस्तुहरु पर्दशनिमा राखिनेछ्न । फागुन ८ सम्म गते सम्म चल्ने महोत्सवलाई व्यबस्थित त भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उप- समितिहरु गठन गरिएको छ । औद्योगिक महोत्सवलाई सफल पार्नकालाही संघले जिम्मेवारी बाडफाट समेत गरेको छ ।

जस अन्तरगत कला, संस्कृति, यातायात, अतिथि सत्कार तथा आवास व्यवस्थापनका लागि नम प्रसाद शर्मा , स्टल बुकिङ्ग तथा सूचना प्रविधि उपसमितिको संयोजकमा प्रदिप भट्टराई, निर्माण तथा बाल उद्यान संयोजकमा लक्ष्मण पौडेल, सचिवालय संघ, संस्था, सञ्चार तथा पार्किङ्ग व्यवस्थापनका लागि सुनिल खनाललाई संयोजकको जिम्मेवारी दिइको छ ।

यसैगरी आर्थिक तथा टिकट व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी सुनिल खनाल, प्रचारप्रसार, नगर सजावट, व्यानर व्यवस्थापनको जिम्मेवारी इश्वर श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मञ्च सजावट, उद्घाटन तथा समापन कार्यक्रमको संयोजकमा मातृका सापकोटा, झाकी, र्याली, कृषि, जटिबुटी, विद्युत, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा टिकाराम ढुंगाना, अनुगमन, मूल्यांकन तथा पुरस्कार व्यवस्थापन संयोजकको जिम्मेवारी नरेन्द्र प्रसाद शर्मालाई दिएको छ ।

महोत्सवका लागि  प्रेस सल्लाहकारमा विष्णु वेल्वासे, आर्थिक सल्लाहकारमा दधिराम सापकोटा लाई समेत चयन गरेको छ । महोत्सव बाट व्यवसायिक र पर्यटन प्रवद्र्धन सङ्गै संघको भवन निर्माणका लागि स्रोत समेत जुटाउने संघले लक्ष्य लिएको छ ।

 

प्रतिक्रया दिनुहोस्