प्रेस (सल्लाहकार) संयोजकमा बिष्णु वेल्वासे ।

कोहलपुर,६ मंसिर ।
कोहलपुर उधोग व्यापार संघले पत्रकार विष्णु वेल्वासेलाई प्रेस (सल्लाहकार) संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।संघको कोहलपुरमा सम्पन्न बैठकले पत्रकार वेल्वासेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । संघले आगामी दिनमा गर्ने गतिविधिलाई सार्वजनिक गर्न र गराउनका निम्ति आफ्नो प्रेस सल्लाहकारका रूपमा नियुक्त गरेको जनाइएको छ ।

यस्तै आगामी माघ महिनामा हुन गइरहेको औधोगिक ब्यापार तथा पर्यटन महोत्सवलाई सफल पार्नका निम्ति संघको बैठकले पत्रकार वेल्वासेलाई प्रेस संयोजकको जिम्मेवारी समेत प्रदान गरेको छ । महोत्सवलाई व्यबस्थित तथा भव्य रूपमा सम्पन्न गर्न र सञ्चार माध्यमबाट प्रचारप्रसारलाई ब्यबस्थित तथा पारदर्शी बनाउनकालागी संघले वेल्वासेलाई प्रेस सयोजकको जिम्मेवारी दिएको हो । बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल पत्रकार वेल्वासे कोहलपुरबाट नियमित रूपमा प्रकाशन भैरहेको कोहलपुर  टाईम्स पत्रीकाका  प्रकासक सम्पादक तथा रेडियो कोहलपुर एफएमका प्रमुख हुन ।

पत्रकार महासङ बाकेका पुर्व सहसचिवका साथै  प्रेस चौतारीका पुर्ब भेरी अञ्चल अध्यक्ष समेत रहेका  पत्रकार वेल्वासे हाल प्रेस चौतारीको  ५ नम्बर  प्रदेस कमिटी सदस्य समेत हुन  । पत्रकारीता सङ्गै विभिन्न एक दर्जन बढि सामाजिक संघ सस्थामा समेत उनी सक्रिय छ्न ।

 

 

प्रतिक्रया दिनुहोस्