कांग्रेस उम्मेदवार जनताको घरदैलोमा ।

लोकेन्द्र रावल टीकापुर ६, मंसिर ।
निर्वाचनको मिति नजिकिएसंगै दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएको नेपाली कांग्रेसले बुधबार टीकापुर नगरपालिकाको ब्लक नं. १८, १९, १७ मा घरदैलो कार्यक्रम गरेको छ ।

घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वरी न्यौपाने, प्रदेश सभा ख बाट सदस्य उम्मेदवार डाक्टर रणबहादुर रावल लगायतले घरघरमा गई मत माग्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ प्रतिनिधी सभाका उम्मेदवार ईश्वरी न्यौपानेले सवै नागरिकहरुलार्ई सचेत भई मतदान गर्न आग्रह गर्नु भएको छ ।

उम्मेदवार न्यौपानेले जनता लोकतन्त्रको पक्षमा रहेको वताउदै स्वविवेक प्रयोग गर्र्नु पर्ने बताउनु भयो । उहाँले यो चुनाव लोकतन्त्रको रक्षाका लागी भईरहेको जनमत संग्रह भएको बताउनुभयो । त्यसैगरी प्रदेश सभा उम्मेदवार डा. रणवहादुर रावलले जनताको धेरै ठूलो कुनै अपेक्षा नभई देश विकासहोस् भन्ने चाहेको वताउनु भयो ।

 

प्रतिक्रया दिनुहोस्