मतदाताको मनमा बस्दै बाम गठबन्दनका साझा उम्मेदार नन्दबहादुर ।

उमेश थापा, बौनिया, ७ मंसिर ।

मंसिर २१ को  निर्बाचन मिति नजिकिए संगै विभिन्न राजनितिक दलहरुले  आ- आफ्ना पक्षमा  मत पार्न दिन रात कम्मर कसि लागि परिरहेका छन। यस्तै  कैलालि क्षेत्र न:- २ मा पनि आगामी निर्वाचन मिति नजिकिए संगै प्रचारप्रसारको  माहोलले थप रौनकता देखाएको छ । बाम गठबन्धनका साझा उम्मेदार नन्द बहादुर साउद (राजेन्द्र ) कैलाली क्षेत्र न:- २ प्रदेश सभा (ख) का प्रत्यक्ष तर्फ अहिले निकै चर्चामा छन  । स्थानिय उम्मेदवार भएकाले पनि चर्चाको  विषयले थप सिखर चुमेको छ। दलहरूका उम्मेदवारहरुले  आ -आफ्नै  सैलिमा  प्रचारप्रसार गरिरहेका बेला बाम गठबन्धनका साझा उम्मेदवार नन्दबहादुर साउदले भने चुनाब केन्द्रित घरदैलो कार्यक्रमलाई  प्रत्येक  मतदाता संग  प्रतयक्षरुपमा भेट गरि मत मागिरहेका छन।

आफ्नो  दल समर्पित मतदाता र स्वतन्त्र मात्र होइनन्  प्रतिस्पर्धामा रहेका दल र  मतदाताले समेत  उम्मेदवार साउदलाई सहानुभुती दिइरहेका छन । अबको राजनितिक  निकास र  समुन्नत समाज  बिकासको लागि मतदाताले  साउदको विकल्प नभएको समेत भन्ने गरेका छ्न । बिगत लामो समयदेखि राजनितिकमा आवद्ध रहेर ब्यक्तिगत स्वार्थमा नहोमिएका सबै बर्ग, तहका जनता संग  गर्ने  समान ब्याभारले  समेत  साउदले मत पाउने  विभिन्न  बौद्धिक ब्याक्तिले समेत आकलन गरेका छन।

यस्तै मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार साउदले मोहन्याल गाउँपालिकालाई कृषि आधुनिकीकरण चोसेकाडाको डाडामा भिउ टावर निर्माण गरेर पर्यटकिय स्थल घोषणा  ,युबा रोजगार , संचार , यातायातलाई आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउदै आहिरहेका छन।

 

 

प्रतिक्रया दिनुहोस्