भोट माग्न हिडेका काँग्रेसका उम्मेदवारले बचाए सुत्केरी महिलाको ज्यान ।

रुकुम, ७ मंसिर ।
सुत्केरी बेथाले घरमै ग्रस्त रुकुमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् ।काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो ।

उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ पुग्दा छटपटाइरहेको देखेपछि आफ्नै गाडीमार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पु¥याएका थिए ।नाजुक बन्दै गएको मीनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

मत माग्नका लागि भन्दा पनि मानवीय सेवाका लागि आफूले मीनालाई आफ्नै खर्चमा अस्पतालसम्म पुर्‍याएको उम्मेदवार डाँगीले बताए ।

 

प्रतिक्रया दिनुहोस्