अर्काको किर्ते नागरिकता प्रयोग गरि भर्ना भएका म्यादी प्रहरी पक्राउ ।

अछाम, ७ मंसिर ।
किर्ते नागरिकता प्रयोग गरि म्यादी प्रहरीको जागिर खाएका एक ब्यक्ती पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजनाको नागरिकता नक्कली भएको तथ्य खुलेपछि उनि पक्राउ परेका हुन ।प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए ।

जिल्लाको तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् ।

 

प्रतिक्रया दिनुहोस्