काङ्ग्रेस नेत्री आरजु राणा भन्छिन: विकासको नेतृत्व मै गर्छु ।

धनगढी, ७ मंसिर ।
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएकी कांग्रेस नेत्री डा. आरजु राणा देउवाले आफूले विकास समृद्धिका लागि नेतृत्व गर्ने बताएकी छिन् ।कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रत्यासी डा. राणाले आयोजित पत्रकार सम्मेलनमा यो क्षेत्रमा नदी र खोलामा तटबन्ध, ऐलानी पर्ती जग्गाको बसोबास, गरिबी, उचित बाटोघाटो, गुणस्तरीय स्वास्थ्य सेवालगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताइन ।

डा. राणाले कम्युनिस्ट व्यवस्थामा प्रेस र नागरिक स्वतन्त्रता नहुने, खुला बजारको प्रतिस्पर्धा हुन नपाउने र सम्पत्तिको उपभोगसमेत गर्न नपाउने बताउँदै चुनावमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन गरिन् ।

 

प्रतिक्रया दिनुहोस्