शक्तिनगरका स्थानीय नागरिकसङ्ग बाम गठबन्धनकी उम्मेदवार आरती पौडेलको घरदैलो ।

कोहलपुर, ७ मंसिर ।
आगामी निर्वाचनका निम्ति चुनावी प्रचारप्रसारको अभियानलाई तिब्र पारेको बाम गठबन्धनले आज
कोहलपुर २ शक्तिनगरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।घरदैलो कार्यक्रममा बाम गठबन्धन बाट प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट उम्मेदवार बनेकी आरती पौडेलले त्यहाका स्थानीय नागरिकको समस्या र पिडाका बारेमा जानकारी लिएकि छ्न ।

उनले स्थानीय स्तरमा रहेका साझा समस्यालाई समाधान गर्नका निम्ति आफ्नो उम्मेदवारी भएको अमुल्य भोट दिएर बिजयी बनाउन आग्रह गरिन । घरदैलो अभियानमा उम्मेदवार पौडेलले समाजमा सदियौदेखी पीडित बनेका अधिकार बिहिन महिला, बिकास निर्माण जस्ता कुराहरुलाई प्राथमिकताका साथ स्थानीय सङ्ग सुझाब सड्ढलन गरेकी थिइन ।

 

प्रतिक्रया दिनुहोस्