लोकतन्त्र होइन काँग्रेसको लुटतन्त्र खतरामा: बडुवाल ।

सुर्खेत, ९ मंसिर ।
नेकपा एमाले सुर्खेतका सचिव तथा प्रदेस सभा ‘ख का निजर्वाचन परिचालन कमिटिका संयोजक मोहन बडुवालले लोकतन्त्रको खतरा वाम गठबन्धनबाट नभई काँग्रेसबाटै भएको आरोप लगाएका छन् ।

(फाइलफोटो)

आज शुक्रबार बराहतालमा आयोजना गरिएको वृहत चुनावी सभालाई सम्वोधन गर्दै नेता बडुवालले वाम गठबन्धनको विजय भएको खण्डमा काँग्रेसको लुटतन्त्र खतरामा पर्ने भएका कारण काँग्रेस छटपटाएको बताए । उनले मतदातालाई माओवादी र एमाले नभनि वाम गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन आग्रह गरे ।

निकट भविष्यमा दुवै पार्टी एक हुने भएकाले हसिया हतौडामा भोट हाल्न पर्ने भन्दे अप्ठ्यारो नमान्न आग्रह गरे । यस्तै कार्यक्रममाा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य नरबहादुर विष्टले विकास र समृद्धिका लागि वाम गठबन्धन भएको बताउादै समुन्नत प्रदेशका लागि जनताले वाम उम्मेदवार चुन्नुको विकल्प नरहेको बताए । प्रदेस सभा ‘ख’ का उम्मेदवार विन्दमान विष्टले आफुलाई विजय गरेर पठाउको खण्डमा भूमिहिन र बाडढीपिडित जनताका समस्या तत्काल सम्वोधन गर्ने बताए ।

उनले आफु बुढो नभएको, युवाहरुको माग र चाहनालाई बुझ्ने, विकासप्रेमी भएकाले जनताको मतको सधैं सम्मान गर्ने प्रतिबद्वता जनाए । नेता विष्टले यस क्षेत्रका जनताका लागि सबैभन्दा ठूलो समस्या विजुली र सडक भएको भन्दे ती दुवे पुर्वाधारका लागि आफूले १ वर्ष भित्रै परिवर्तन गरेर देखाउने बताए ।

(कृष्ण आचार्यबाट)

प्रतिक्रया दिनुहोस्