सुदूरपश्चिम–११ क्वार्टरफाइनलमा प्रवेश ।

झापा, ८ मंसिर ।
सुदूरपश्चिम–११ तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा स्थानीय टोली झापा–११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै सुदूरपश्चिम अन्तिम आठमा पुगेको हो । निर्धारित् ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो । साविक विजेता झापालाई पराजित गर्नेक्रममा सुदूरपश्चिमका नरेन्द्र चौधरी, राकेश हमाल, चेतन थारु, विनोद केसी र फिलिप तामाङले गोल गरे ।

झापा–११ का लागि योगेश गुरुङ, दिलेन लोक्ताम, सुमीन मैनाली र छिरिङ गुरुङले गोल गरे । यसअघि, सुदूरपश्चिमले खेलको ५८औं र ८३औं तथा झापाले खेलको ६७औं र ८९औं मिनेटमा गोल गरेको थियो । प्रतियोगिताअन्तर्गत् भोलि शनिबार मनाङ–मर्स्याङ्दी क्लब र रुपन्देही–११ बीच खेल हुनेछ ।

 

प्रतिक्रया दिनुहोस्