अन्तर्राष्ट्रिय मोहन्याली युबा समाजद्वारा १६ विद्यालयलाई शैक्षिक सामग्री बितरणको तयारी।

उमेश थापा( मोहन्याल) ९ मंसिर ।
अन्तराष्ट्रीय मोहन्यालि युबा समाजको आयोजनामा कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई शैक्षिक सामग्री बितरण गर्ने तयारी गरेको छ ।नेपाल तथा नेपाल बाहिर रहेका मोहन्यालका युवाहरुको सक्रियतामा संकलन गरिएको रकमबाट सो उदारहणिय काम हुन लागेको हो । मोहन्याल गाउँपालिकाबाट वैदेशिक रोजगारका निम्ति बिदेशीएका युबाहरुले गरे के हुदैन र ? आफ्नो ठाउँ आफै बनाउ भन्ने उदेश्यका साथ शैक्षिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न लागेका हुन।

शिक्षणमा नयाँ – नयाँ प्रबिधिको बिकास भएसंगै कम्पुटर शिक्षा अनिबार्य गरेका बेला मोहन्यालका अधिकासं विद्यालयले यो समयमा आएर कालो पाटिको प्रयोग गरेर पढाउनु परेको बिडम्बना भएको भन्दै संस्थाका महासचिब मदनराज कठाएतले दुखेसो पोखे ।

जस अनुसार यहि मंसिर १० गते पहिलो चरणमा मोहन्यालका वडा नम्मर ३ र ७ का र्राष्ट्रिय मावि सोल्टा , त्रिबेणि मावी बढीगाउँ , दीपेन्द्र आधारभुत भत्कुरी , अरनिको मावी कुइने लगाएतका करिब १६ विद्यालयलय लाई ५१ वटा सेतो पाटी , बोर्ड मार्कर, मसि लगाएतका करिब १ लाख ६० हजार बरबरको शैक्षिक सामग्री बितरण गर्न लागिएको संस्थाका नेपाल संयोजक निर्मल बिष्टले जानकारी दिए ।

बिदेशीयका युवाहरुको यो उदारहणिय कामको मोहन्यालका जनाताले प्रसंशा गर्दै संस्थालाई धन्यवाद समेत ब्यक्त गरेका छन ।

 

प्रतिक्रया दिनुहोस्