सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी: उद्योगपति चौधरी ।

धनगढी, ९ मंसिर ।
वरिष्ठ उद्योगपति तथा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवार विनोदकुमार चौधरीले देशको आर्थिक समृद्धिको लागि लोकतन्त्र अनिवार्य भएको बताएका छ्न ।कैलालीको धनगढीमा आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनलेे देशलाई समृद्धि र आर्थिक विकासको बाटोमा लैजानका निम्ति लोकतन्त्रसँग अर्थतन्त्रको ठूलो सम्बन्ध रहेको चर्चा गरे ।

चौधरीले विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरु सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भएपनि अहिलेसम्म यसको विकास हुन नसकेको भन्दै सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी रहेको बताए ।

उनले सुदुरको बिकासका निम्ति आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पुर्‍याउन जिम्मेवारी लिने सरकारको आवश्यकता रहेकोमा जोड दिए ।

 

प्रतिक्रया दिनुहोस्