कोहलपुरमा लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताका मागैमाग ।

कोहलपुर (बाके), ९ मंसिर ।
बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् ।स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् । “यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, तर कोहलपुर वडा नं. १५ जहिले पनि पछाडि परेको छ” एक स्थानियले भने “अब योग्य र क्षमतावान नेताहरुबाट कोहलपुर वडा नं. १५ को विकास सम्भवन हुने भएकाले समाजसेवी, जनताको भावना बुझेको उम्मेद्वार काँग्रेसका भएकाले यस पटक उहाँहरुलाई नै भोट दिन्छु ।”

साविक शम्शेरगञ्ज गाविसलाई कोहलपुर नगरपालिका समावेश गरे पछि कोहलपुर १४ र १५ वडा अन्य वडाका तुलनामा विकास हुन सकेको छैन् । साथै कृषि पेशामा आत्मानिभर रहेको कोहलपुर–१५ मा सिचाईको सुविधा पु¥याई आवश्यक कृषिको व्यवसायिक विकासका लागि आधुनिक कृषि प्रणाली, उन्नत विउ विजन, आधुनिक कृषि औजार, रसायनिक मल आदि सहुलियत दरमा उपलब्ध गराउनका लागि उम्मेद्वारहरुसँग माग स्थानिय किसानहरुले गरेका छन् ।

स्थानिय जनताहरुसँग भोटघाट गर्दै प्रतिनिधि सभाका सदस्य माधवराम खत्रीले कोहलपुर–१५को भौतिक पूर्वधारको विकास र सडक, नाला, खानेपानी, विद्युत, उद्योग कालकारखनाको स्थापनाका लागि आफुहरु लागि पर्ने भन्दै संसदमा निर्वाचित भएको खण्डमा कोहलपुर–१५ लाई यस क्षेत्रकै आद्योगिक क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्वता जनाएका छन् ।

त्यस्तै बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले कोहलपुर वडा नं. १५ डुबानको उच्च जोखिममा रहेको क्षेत्र भएले यसको उचित व्यवस्थापनका लागि सबै सँग सहकार्य गरी अगाडि बड्ने प्रतिवद्वता जनाएका छन् । साथै उनले मानविय सेवा समर्पित मान्छेलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन जनतासँग अप्रिल गरेका छन् ।

साथै उनले घरदैलो अभियानका क्रममा भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी दिर्घकालिन योजना तथा नीति तर्जुमा गरी जग्गा धनी प्रमाणपत्र उपलब्ध गराईने भन्दै जनता आवास कार्यक्रम मार्फत आधुनिक बस्ती निर्माण गरिने बताएका छन् ।

कोहलपुर–१५ लाई विकासका मुल धारमा ल्याउनका लागि बाँके क्षेत्र नं. १ लोकतन्त्रीक गठबन्धनले आफ्नो घोषण पत्रमा पनि विभिन्न योजनाहरु उल्लेख गरेको छ । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको सहभागी रहेको थियो ।

 

प्रतिक्रया दिनुहोस्