धनगढीमा नालीमा डुबेर दुई बालिकाको ज्यान गयो ।

कैलाली,९ मंसिर ।
कैलालीमा नालीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित कैलाली गाउँमा नालीमा डुबेर दुई बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर थापामगरका अनुसार नालीमा डुबेर आज साँझ नालीमा डुबेर दुई बालिकाको मृत्यु हो । उनिहरुको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी अहिले घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरणर आउन भने बाकी छ ।

 

प्रतिक्रया दिनुहोस्