कोहलपुरमा रविन्द्र मिश्रले भने ‘मन मात्र होइन मत पनि फेर्नुस हामी सम्बृद्ध नेपाल बनाउन चाहान्छौ ।

कोहलपुर, १० मंसिर ।

बिबेकशील साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्रले मुलुकको सम्बृद्धि र विकासका लागि विवेकशील साझा पार्टी नै नेपाली जनताको एकमात्र विकल्प भएको बताएका छ्न ।बाकेको कोहलपुरमा आयोजित चुनावी घरदैलोका क्रममा उनेले ठूला दलहरुले राजनीतिक लडाइ लडे पनि सम्बृद्धि र विकासका लागि कुनै काम नगरेकाले मुलुकको समृद्धिको अबको रोजाइ विवेकशील साझा पार्टी भएको बताए । उनले मुलुकलाई समृद्धिको पाटोमा अघि लिन अब नेपाली जनताले मनमात्र नभएर मत परिवर्तन गर्न आव्हान गरे । उनले मुलुकको बैकल्पिक शक्तिका रुपमा विवेकशील साझा पार्टी स्थापना भएको दावी समेत गरे । ठूला दलहरुले केही पनि गरेनन् भन्ने तपाई हामी नै हो, फेरि उनीहरुलाई नै मत हाल्ने पनि तपाई हामी नै हो, यसपटक मन मात्र होइन मत पनि फेर्नुसु हामी सम्बृद्ध नेपाल बनाउन चाहान्छौ मिश्रले भने ।

उनले यस पटक विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने र अर्को पटक सरकारको नेतृत्व समेत सम्हाल्ने मिश्रले ठोकुवा गरे । कोहलपुरको न्यूरोडबाट सुरु भएको चुनावी घरदैलोमा सर्वसाधरणहरुको उल्लेखनिय सहभागीता रहेको थियो । मिश्रलगायतका नेताहरुले आजै दिउँसो नेपालगन्ज आफबगीयामा आयोजित चुनावीसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रया दिनुहोस्