स्ववियुको आयोजनामा बागेश्वरी बहुमुखी पव्लिक क्याम्पस कोहलपुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

कोहलपुर, १० मंसिर ।
बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुर बाकेमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिधर्थिको अतिरीक्त कार्यक्रमलाई मध्यनजर गर्दै स्वतन्त्र बिध्यार्थी युनियनको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सप्पन्न भएको हो । प्रतियोगितामा (प्रथम) डोलराज अधिकारीको टिम सङगै नबिन अधिकारी,मन्जु चोधरी, ( दोस्रो) मा भुपेन्द्र कुवर, बिष्णु रोकाए, राम प्रसाद गैरेको टिम र चेत बहादुर बुढा, बिष्णु बहादुर रोकाए र पदम बहादुर सुबेदीको टिम तेस्रो भएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा १४ जना टिमको सहभागिता रहेको थियो ।साथै कार्यक्रममा स्ववियुले क्याम्पसमा ई-लाईबेरीको लागी तिन थान कम्प्युटर समेत प्रदान गरेको छ । उक्त कम्प्युटर स्ववियु सभापति दिनेश केसिले क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई हस्तारतरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अथितिका रूपमा क्याम्पस संचालक सदस्य सुर्य ढकाल बिशिष्ट अतिथि क्याम्पस प्रमुख शिशिर कुमार शर्मा लगाएत प्रध्यापक संघका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन स्ववियु सभापति दिनेश केसिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन स्वास्थ्य बिभाग प्रमुख ज्ञानेन्द्र शाहीले गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्