पाँच बर्षभित्र सबै सडक कालोपत्रेः धुर्व शाही ।

सुर्खेत, १० मंसिर ।
प्रतिनिधि सभा सदस्यका लागि सुर्खेत क्षेत्र  नं. १ का बाम गठबन्धनका उम्मेदवार ध्रुव कुमार शाहीले १ नंम्बर क्षेत्रका प्रत्येक वडामा पांच बर्ष भित्रमा सडक कालोपत्रे गर्ने बताउनुभएको छ । चुनावी प्रचारका क्रममा चिङगाड गाउपालीका वडा नम्बर ५ अवलचिङमा आज भएको चुनावी सभालाइ सम्बोधन गर्दै शाहीले चिङगाड गाउपालीका,लेकबेशी नगरपालीका र सिम्ता गाउपालीमा अहीले पनि यातायातको सहज पहुच नपुगेको भन्दै आगामी ५ बर्षमा सबै सडक कालोपत्रे गरिने बताउनुभयो ।

शाहीले कृषीयोग्य जमीनमा सिंचाइ सुबिधाको ब्यबस्था गर्ने पनि बताउनु भएको छ । आफुले जिते यस क्षेत्रको कृषिलाई आधुनीकीरण गरिने प्रतिबद्धता जनाउनुभयो । कृषि क्षेत्रको ब्यवसायीकरण तथा आधुनीकीरणकोलागी सिंचाइको महत्वपुर्ण भुमीका हुने भन्दै उहांले ५ बर्ष भित्रमा सबै क्षेत्रमा सिंचाइ सुबिधाको ब्यवस्था गर्ने बताउनुभयो ।

यस्तै आधुनीक प्रबिधीलाइ गाउगाउमा भित्राउदै युवाशक्तीलाइ आफ्नै गाउमा रोजगारी सिर्जना गर्ने शाहीले बताउनुभयो । साथै चिङगाड क्षेत्रको बाटो तत्काल सुधार गर्दै ५ बर्ष भित्रमा प्रत्येक वडामा पक्कीबाटो निर्माण गर्ने समेत शाहीले बताउनुभयो ।

धेरै पटक यस क्षेत्रबाट कांग्रेसलाइ जिताए पनि बिकास हुन नसकेको भन्दै शाहीले यसपटक आफुलाइ परिक्षण गरेर हेर्न मतदातासमक्ष आग्रह गर्नुभयो । कार्यक्रममा बाम गठबन्धनका उमेद्धार तथा नेताहरुले सम्बोधन गर्नुभएको थियो । सोही अवसरमा बिभीन्न पाटी परित्याग गरि १० जना बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रया दिनुहोस्