एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै ।

काठमाडौं, ११ मंसिर ।
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा जारी एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि हङकङसँग खेल्न लागेको हो ।नेपाल र हङकङबीचको खेल ट्रेडथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार अहिले बिहान साढे ८ बजे सुरु हुनेछ । छनोटको उपाधिको लागि शिर्ष दुई टोली आयोजक थाइल्याण्ड र युएईले सोमबार नै प्रतिस्पर्धा गर्दैछन् । थाइल्याण्ड र युएईले नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा समेत स्थान बनाएको छ ।

राउण्ड रोबिनको आधारमा जारी एसिया छनोटमा नेपाल तेस्रो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफ छनोट भएको हो । यस्तै हङकङ चौथो स्थानमा रहदै नेपालसँग प्ले अफ खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकी नेपाल र हङकङ नेदरल्याण्डमा हुने ग्लोबल छनोटमा पुग्न असफल भैसकेको छ ।

यस्तै  वर्षाको कारण नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो । ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

छनोटमा हङकङ ५ अंकसहित चौथो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफमा पुगेको हो  । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा र सबै खेल गुमाएको चीन अन्तिम स्थानमा रहेर प्रतियोगिता टुंगाएको छ ।

 

प्रतिक्रया दिनुहोस्