नेपालगन्जसहित आठ नगरपालिकालाई एडिबिले दियो १५ अर्ब ४० करोड रुपैयाँ ।

नेपालगन्ज, ११ मंसिर ।
एसियाली विकास बैकले बाकेको नेपालगन्जसहित विभिन्न आठ वटा नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ ।एडिबिले नेपालगन्ज , धनगढी, वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, भिमदत्त, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि एसियाली विकास बैँकले ऋण सहायता उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एसियाली विकास बैँकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्षसम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ । मुख्यगरी यो आयोजना लागू हुने नगरपालिकाहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिए ।

दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसंग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

 

 

प्रतिक्रया दिनुहोस्