पेस्तोलसहित भारतिय नागरिक पक्राउ ।

नेपालगन्ज, ११ मंसिर ।

बाकेमा एकजना भारतिय नागरिक दुई थान कटुवा पेस्तोलसहित पक्राउ परेका छ्न ।बाकेको डुडुवा गाउपालिका ६ का राजेन्द्र लियोनियाको घरबाट ती भारतिय नागरिक लाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बहरायज जिल्ला रुपैडियाका पशराम रहेको प्रहरीले जनाएको छ । उनले डुडुवाका राजेन्द्रले आफुसङ्ग पेस्तोल मगाएको प्रहरी समक्ष बताएका छ्न ।

प्रहरीले राजेन्द्रको घरमा छापा मार्दा एक थान भरुवा बन्दुक समेत बरामद गरेको जनएको छ । उनी भने फरार छ्न । घटनाको बिषयमा अनुसन्धान थालिएको बाकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताए ।

 

प्रतिक्रया दिनुहोस्