ब्रेकिङ न्युज: हुम्लामा तारा एयरको विमान दुर्घटना, थप जानकारी आउन बाकी ।

हुम्ला, १२ मंसिर ।
हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको 9N-ABM टुईनटर विमान दुर्घटनामा परेको छ । विमान उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताए ।

उनका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको उनले बताए । विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको छैन । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रया दिनुहोस्