मतदान अधिकृत सम्पर्कमा आएपछि मतपेटिका जिम्मा लगाइयो ।

बाजुरा, १२ मंसिर ।
बाजुरा जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आएका हुन ।
मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् । उनी सम्पर्कमा आएपछि मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ ।

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको प्रहरीले खोजिकार्य सुरु गरेको थियो ।

 

प्रतिक्रया दिनुहोस्