बम भेटिएको हल्लाले कैलालीको बडैपुरमा अबरुद्ध सडक एक घण्टापछि सुचारु ।

कैलाली, १२ मंसिर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बडैपुर सडकखण्डमा अबरुद्ध सडक यातायात सुचारु भएको छ ।निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले उक्त राजमार्ग क्षेत्रमा शंकास्पद वस्तु राखेको खबरले बिहान १० बजेदेखी यातायात अवरुद्ध भएको थियो । निर्वाचन विरोधी गतिविधिमा सक्रिय समूहले बडैपुरस्थित नेपाली सेनाको ब्यारेक नजिकै राजमार्गको बीच भागमा कालो झोला राखेर स्थानीय लाई त्रसित बनाउन खोजेको थियो । राजमार्गको बीच भागमा शंकास्पद बस्तु भेटिएपछि प्रहरीले बिहान साढे १० वजेबाट एक घण्टा यातायातका साधनहरु रोकेको थियो ।

शंकास्पद बस्तु फेला परेको स्थान र सेनाको ब्यारेक प्रवेश गर्ने मुख्यद्वार बीचको दूरी झण्डै एक सय मिटर दुरीमा छ । बम भएको आशंकामा घट्नास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्कृय गर्दा बम नभएको पुष्टि भएको छ । अबरुद्ध सडक करिब एक घण्टा पछि सुचारु भएको हाम्रा कैलाली समबादाताले जानकारी दिए । सडक सुचारु भएसङ्गै यात्रुहरु गन्तव्यमा लागेका छ्न ।

 

 

प्रतिक्रया दिनुहोस्