पूर्वएआईजी गणेश राईले छोडे नया शक्ति ।

काठमाडौं, १२ मंसिर ।
नेपाल प्रहरीका पूर्वएआईजी गणेश राईले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । यसअघि नयाँ शक्तिमा लागेर सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीमा रहेका राईले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले आफू नयाँ शक्तिबाट अलग भएपछि आगामी दिनमा नेपाल प्रहरीमा रहेर आर्जन गरेको सिप र ज्ञानलाई सार्वजनिक जीवनमा लागु गर्ने पनि बताएका छन् ।

 

प्रतिक्रया दिनुहोस्