मसुरो उत्पादन,संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना सञ्चालनमा ।

पवन मुडभरी कैलाली (बौनिया), १२ मंसिर ।

नेपाल सरकार कृषि विकास मन्त्रालय कृर्षि विभाग अन्र्तगत साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदान सहयोग अन्र्तगत कैलालीको लम्कीचुहा नगरपालिका १० पिपरौवास्थित सरस्वती एग्रो ईन्ड्रस्टिजद्धारा सञ्चालित मसुरो उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण उप-आयोजना सञ्चालनमा आएको छ ।साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको २ करोड ३० लाख ,२४ हजार ,५ सय ,७४ रुपया अनुदान सहयोग र सरस्वती एग्रो ईन्ड्रस्टिजको २ करोड ६५ लाख लागतमा उपआयोजना सञ्चालनमा आएको हो । उपआयोजना मिति २०७२ साल माघ १५ गते देखिदेखि सुरु भएको थियो । २ वर्षको अवधीमा उक्त उपाअयोजना सञ्चालनमा आएको खरिद समितिका सयोजक कर्ण बहादुर कुवरले जानकारी दिए ।

स्थानिय स्तरमा मसुरो बाली उत्पादनमा संलग्न कृर्षकहरुलाई प्रशोधन तथा बजारीकरणका माध्यमबाट मुल्य श्रृंखलामा आवद्ध गराई आय आर्जन मार्फत गरीवी न्यूनीकरणमा टेवा पुर्याउने उपआयोजनाको लक्ष्य रहेको कुवरले बताए । उत्पादित मसुरोको प्रशोधन गरी निर्यात योग्य बनाउने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा गुणस्तरीय दालको आपुर्ती बढाउने उपआयोजनको उद्देश्य रहेको छ ।

यसैगरी मसुरो उत्पादनलाई व्यवसायिक रुपमा अगाडी बढाई पुर्व उत्पादन खरिद सम्झौता मार्फत कृषकहरुका उत्पादनहरुलाई बजारीकरण गराउने यस उपआयोजनाको उद्देश्य रहेको कुवरले बताए । यस उपआयोजनाले कृषकहरुलाई मसुरो खेति तालिम ,मसुरो रेखदेख तथा संरक्षण लगाएतका तालिम दिई उन्नत जातको विउ(खजुरा२) , स्र्टे«टंकी,पावर टिलर, वितरण गरेको सदस्य सचिव दिलिप खडकाले बताए ।

 

प्रतिक्रया दिनुहोस्