हस्ताक्षर किर्ते मुद्दामा सुनुवाइका लागि राणालाई सर्वोच्चको आदेश ।

काठमाडौं, १२ मंसिर ।
राप्रपाबाट अलग्गिएर छुट्टै दल बनेको राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्ने क्रममा ६४ जनाको हस्ताक्षर किर्ते गरेको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइको निम्ति पेस गर्न भन्दै आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले अदालतले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराको नाममा उक्त आदेश दिएको हो ।

४० प्रतिशत केन्द्रीय सदस्यको नामावलीको आधारमा छुट्टै दल दर्ता गर्न माग गर्दै पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)ले सर्वोच्चमा रिट दर्ता गराएको थियो । राणा समूहले साउन २२ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । ७२ जनाको नाम र ६४ जनाको हस्ताक्षरसहित राणा पक्षले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर आयोगले ती हस्ताक्षर सनाखत गर्नुपर्ने भन्दै भदौ ४ गतेको अवधि दिएको थियो । आयोगको सोही निर्णयविरुद्ध राणा सर्वोच्च पुगेका थिए ।
गत साउन २४ गते निरञ्जन थापा, भिमसेन गुरुङल गायतले दल विभाजनमा आफूहरुको संलग्नता नभएको र अरु नै प्रयोजनको लागि गरिएको हस्ताक्षर किर्ते गरेको भन्दैे निवेदन हालेका थिए ।

(बार्ह्रखरी अनलाइन बाट)

 

प्रतिक्रया दिनुहोस्