रञ्जु दर्शना नेपालगन्ज आउदै ।

नेपालगन्ज १२ मंसिर ।
विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन केन्द्रिय सदस्य रञ्जु दर्शना नेपालगन्ज आउने भएकी छन ।विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लागेकी हुन । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ । यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेता किशोर थापालगायतले नेपालगन्ज र कोहलपुरमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै पार्टीको सिद्धान्त र विचार प्रष्ट्याएका थिए ।

साझा पार्टीले मगलबार पनि बाँकेमा चुनावी घरदैलोलाई जारी राखेको थियो । प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण मंगलबार पनि विहानैदेखि साझसम्म चुनावी घरदैलोमा निस्कएका थिए । आफ्नो पक्षमा जनलहर बढ्दै गएको बताउदै कर्णले मगलबार नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा घरदैलो कार्यक्रम गरेको थियो ।

गणेशपुरमा गरीएको घरदैलोमा मतदाताले सुन्दर नेपालगन्ज बनाउन विवेकशिललाई नै मत दिने बताएका थिए । अहिले सम्म हाम्रो घरमा कोहि उम्मेदवार भोट माग्न नआएको बताउदै स्थानीयले स्वच्छ छवि भएको उमेदवार भोट माग्न आएपछि हर्सित भएका थिए । खजुरा र कोहलपुरमा पनि घरदैलो गरीएको पार्टीले जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्