अछाममा नेपाली सेनाको गाडी दुर्घटना, १४ घाइते दुईको अबस्था गम्भीर ।

अछाम, १२ मंसिर ।
अछाममा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । मंगलबार साँझ साफेबगर-मंगलसेन सडकखन्डको तिमिल्सेनमा गाडी पल्टँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ ।

घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्‍याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्