त्रीशुली नदिमा बस खस्दा ६ जनाको मृत्यु, १० को उद्दार ।

काठमाडौं, १३ मंसिर ।
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ६ जनाको निधन भएको छ ।काठमाडौंबाट हिँडेको लु १ ख २९१ नम्बरको बस चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये १० जनाको चितवनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । बस सडकबाट एक सय ५० मिटर तल नदीमा खसेको छ । बस के कारणले खस्यो भन्ने कारण समेत खुल्न सकेको छैन ।

 

प्रतिक्रया दिनुहोस्