आरजु देउवाको ओलीलाई प्रश्न: ओली ज्यु के तपाईंले मलाई महिला भएकाले हेपेको हो ?

कैलाली, १३ मंसिर ।
नेपाली काङ्ग्रेसकी नेत्री तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले वाम गठबन्धनले कुनैपनि हालतमा मुलुकको समृद्धिका निम्ति काम नगर्ने वताएकी छ्न ।उत्तरबेहडिमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र माओवादी केन्द्रबिचको गठबन्धनले देशमा कमिन्युस्टको अधिनायकवाद लाद्ने प्रयास भएको भन्दै त्यो नै नेपाल र नेपालीका निम्ति अभिसाप हुने बताईन । उनले वाम गठबन्धनले नेपाली काङ्ग्रेसलाई कुनैपनी फरक नपर्ने बताउदै यसले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको बताईन ।

एक अर्को प्रसङ्गमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गर्दै भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ, त्यसैले चश्माको सट्टामा दूरविन प्रयोग गर्न आग्रह गर्छु ।

उनले भनिन् ओली ज्यु के तपाईंले महिला भएकाले मलाई हेपेको हो ? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’ यसअघि सुदुरको बिकासका निम्ति सिन्को नभाँचेको भन्ने ओलीको प्रशङ्ग कोट्टाउदै देउवाले भनिन् ओलीजी कहिल्यै सुदूरपश्चिम आउनु भएको रहेन छ कि क्या हो ?’ राणाले प्रश्न गरिन् ।

उनले चुनावी सभामा यहाँको बिकाश निर्माणमा र हरेक सामाजिक ्समस्याहरुलाई समाधानका निम्ति आफू अहोरात्र लाग्ने भन्दै चुनावमा अमुल्य भोट दियर बिजयी गराउन जनतासामु आग्रह गरिन ।

 

प्रतिक्रया दिनुहोस्