दाङमा बम विस्फोटबाट ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई सरकारले १० लाख दिने ।

काठमाडौँ, १३ मंसिर ।
दाङको तुलसीपुरमा मंगलबार दिउँसो भएको बम विस्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।बुधबार साँझ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले विस्फोटमा ज्यान गुमाएका दाङको उरहरीका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका थिए । उपचारका क्रममा उनको बिहान निधन भएको हो ।

 

प्रतिक्रया दिनुहोस्