बिदेशबाट फोन आउदा नेपालको नम्बर आउँछ ? सचेत हुनुहोस ठगिनुहोला: टेलिकम ।

काठमाडौं, १४ मंसिर ।
विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुको साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन नेपाल टेलिकमले सबैसँग अनुरोध गरेको छ ।नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैध मार्गबाट आएको हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुने उनको भनाई छ ।

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने र ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अबैध कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको उनको भनाई छ ।

यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु हुन टेलिकमले अनुरोध गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रया दिनुहोस्