निर्वाचन आयोग भन्छ: दोस्रो चरणको तयारी पूरा भयो ।

काठमाडौं, १४ मंसिर ।
निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् । आज काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक सञ्जाल विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफैँ छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाईरहेको पनि जनाएको छ । आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भईरहेको बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

 

 

प्रतिक्रया दिनुहोस्