सल्यानमा माओवादी केन्द्रद्वारा मन्त्रीसहित पाँच जनालाई कारबाहीका लागि सिफारिस ।

सल्यान, १४ मंसिर ।
नेकपा माओवादी केन्द्र सल्यानले विना विभागीय मन्त्री टेकबहादुर बस्नेतलाई कारबाहीका लागी सिफारिस गरेको छ । उनीसहित पाँच जना पोलिटब्युरो सदस्यलाई काबारहीका लागि सिफारिस गरेको छ ।‘नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका वाम दलहरुसहितको वाम गठबन्धन पछि सल्यानमा पार्टी विभिजित गर्ने गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई र्काबाहीको सिफारिस गरेको पार्टीका संयोजक कर्ण बहादुर बुढाथोकीले जानकारी दिए ।

कारबाहीका लागी सिफारिसमा परेकाहरुमा माओबादी केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर, कृतिबहादुर पुन, रमेश मल्ल, र रत्न बहादुर ओलि रहेका छन् । उनीहरुलाई पार्टी विद्यान बमोजिम सम्मको कार्बाहीका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको बुढाथोकीले बताए ।

यसअघि सचिवालय सदस्यहरुलले जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकीलाई जिल्ला संयोजकबाट हटाउन र कारबाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्रलाई सिफारीस गरी उनको ठाउँमा निम वहादुर केसीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरी पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी छहारीलाई जिल्ला संयोजकबाट हटाउन र कारबाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्रलाई सिफारीस गरेका थिए बुढाथोकी सहित केन्द्रिय सदस्यहरु ज्ञान बहादुर वली र टिकाराम वलीलाई कारबाहिको लागी मंसिर ९ गते प्रदेश र केन्द्रिय समितिमा सिफारिस गरेको थियो ।

यसै सन्दर्भमा माओवादी केन्द्रका ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बस्नेतले प्रदेश कमिटीले बुढाथोकीसहित तीन जनालाई कारबाहीका लागी आएको सिफारिस प्रदेश कमिटीबाट अनुमोदन गरेको जानकारी दिए ।

 

प्रतिक्रया दिनुहोस्