नवौ क्रीसा खेलकुद प्रतियोगिता आजदेखी कोहलपुरमा सुरु हुँदै ।

कोष बहादुर खड्का कोहलपुर, १५ मंसिर ।
कोहलपुरमा रहेका सस्थागत विद्यालयहरुको छाता संगठन (क्रीसा) को आयोजनामा आजदेखी नवौ क्रीसा खेलकुद प्रतियोगिता सुरु हुदैछ ।बिहान ११ बजे औपचारिक रूपमा खेलकुद प्रतियोगिताको उद्घाटन गरिदैछ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा कोहलपुरमा रहेका क्रीसामा आबद्ध सस्थागत (३६) विद्यालयका झन्डै १५ सय विद्यार्थिहरुले सहभागीता जनाउनेछ्न । प्रतियोगिताका लागि यसअघि छनौट चरणको कार्य सकिएको छ । विद्यालयस्तरमा हुने क्रीसा खेलकुद प्रतियोगिता लाई जिल्लाकै सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा समेत लिने गरिन्छ ।

आयोजकका अनुसार विद्यार्थिहरुलाई पाठ्यपुस्तक भन्दा पनि ब्यबहारिक ज्ञान्मा बढी जोड दिन र उनिहरुको शारीरिक, मानसिक, शैक्षिक तथा खेलकुदका क्षेत्रमा उनिहरु भित्र भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्नकासाथै देश बिदेशमा समेत चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

क्रीसाले हरेक बर्ष कोहलपुरमा आयोजना गर्दै आएको प्रतियोगितालाई यस पटक भने केही हेरफेर गरिएको छ । प्रतियोगिताम समावेस हुने खेलमा यस पटक विस्वव्यापी परिचित तीन खेल क्रीकेट, भलिबल र
फुटबल समावेस गरिएको क्रीसाका अध्यक्ष दिनेश सिग्देलले जानजारी दिए । प्रतियोगितामा आधारभूत र माध्यामिक तहमा  अद्यनरत विद्यार्थिले भाग लिनेछ्न । प्रतियोगिता १८ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रया दिनुहोस्