क्रीयटिभ ह्याण्डसद्वारा क्रिकेटर महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स हनरबाट सम्मानित ।

कोहलपुर, १५ मंसिर ।
क्रिकेटर महेश क्षेत्री नेपालगन्ज स्पोर्ट्स हनरबाट सम्मानित भएका छन । क्रिएटिभ ह्यान्डसले शुक्रबार एक कार्यक्रमका बीच क्रिकेटर क्षेत्रीलाई सम्मानित गरेको हो । यसअघि क्रिएटिभले नेपाली महिला क्रिकेट टोलिका पुर्व कप्तान नेरि थापालाई सम्मानित गरेको थियो । क्रिएटिभले नेपाली राष्ट्रिय क्रिकेट टोलिबाट खेलिसकेका क्षेत्रीलाई सुजुकि स्विस स्कुटर र सम्मान पत्रले सम्मानित गरेको हो ।

उनलाई क्रिएटिभ ह्यान्डसका अध्यक्ष टिएस ठकुरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सम्मान गरेका हुन् ।

नेपालगन्जमा जन्मिएका क्षेत्रीले सन २००५ मा मलेसियामा भएको एसिसि ट्रफीबाट नेपाली राष्ट्रिय क्रिकेट टोलिमा डेब्यु गरेका थिए । त्यसअघि महेशले सन २००२ मा नेपाली यु १५ टोलि र सन् २००६ बाट यु १९ टोलिमा देब्यु गरेका थिए । हाल टोलिमा नरहेका महेश त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खेल्दै आएका छन ।

 

प्रतिक्रया दिनुहोस्