निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउछ:-देउवा ।

कैलाली, १५ मंसिर ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त कुरा गर्दै देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे । निर्वाचनले देशभर उत्साह थपिएको भन्दै देउवाले निर्वाचनमा नेपाली काङ्ग्रेसको स्पस्ट बहुमत आउने बताए ।

उनले निर्वाचनलाई लक्षित गरि केही निर्वाचन बिरोधिहरु देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका घटना निन्दनीय भएको बताउँदै यस्ता सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए।

कतिपय स्थानमा विस्फोटका घटना गराउनेलाई पक्राउ गरिसकेको र यस्ता अराजक तत्वलाई सरकारले कुनै पनि हालतमा नछोड्ने उनको भनाइ छ।

 

प्रतिक्रया दिनुहोस्