कोहलपुरमा राप्रपाका नेता ओम प्रकाश थारुसहित एकसय बढी बाम गठबन्धनमा प्रबेश ।

कोहलपुर, १५ मंसिर ।
बाँकेको कोहलपुर वडा नम्बर १५ मा राप्रपाबाट वडा अध्यक्षका प्रत्यासी ओम प्रकाश थारु सहित एक सयबढि बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

चुनावी अभियानका क्रममा आज एक कार्यक्रमका बिच उनिहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन् ।उनिहरुलाई  निर्वमान सांसद देवराज भार र प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार महेश्वर गहतराज अथकले फुलमाला र अबिरसहित स्वागत गरेका थिए । थारु गएको स्थानीय तह निर्वाचनमा वडा नम्बर १५ को वडा अध्यक्ष पदमा ६६५ मत प्राप्त गर्दै प्रत्यासी बनेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस र राप्रपाका अन्य सयौं स्थानीय नेता तथा कार्यकर्ता समेत बाम गठबन्धनमा प्रवेश गरेको बाम गठबन्धनले  जनाएको छ ।

 

प्रतिक्रया दिनुहोस्