नेपाली सेनाद्वारा सुतली बम डिस्पोज ।

पवन मुडभरी बौनिया, १५  मंसिर ।
कैलालिको बर्दगोरिया र मोहन्याल गाउपालिकाको सिमानामा नेपाली सेनाको टोलीले सुतली बम डिस्पोज गराएको छ ।विहान ७ बजे फल्लेबिसौन जाने बाटोमा स्थानिएले संकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । सो संकास्पद वस्तु सुतली बम भएको र नेपाल आर्मीको टोलीले करिव ४ घण्टापछि डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए ।

उक्त सुतली बम मोहन्यालको फलेबिसौना जाने बाटोमा बौनिया बजार देखि करिब ५ किलोमीटर टाढा भेटियको प्रहरीले जनएको छ । बम कसले राखेको भन्ने बारे केही खुलेको छैन । चुनाव नजिकिए संगै कैलालीमा पनि चुनाव विरोधी गतिविधी बढिरहेका छन । हिजो मात्रै कैलालीको साढेपानीमा पनि बम फेला परेको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्